खेलकुद

रेन्नेजसँग पिएसजी बराबरीमा

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी हारबाट जोगिएको छ । गएराती सम्पन्न खेलमा रेन्नेजसँग पिएसजी बराबरीमा रोकिएसँगै हारबाट जोगिएको हो ।

पिएसजीका लागि खेलको ९७औं मिनेटमा गोन्कालो रामोसले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस अघि खेलको ३३औं मिनेटमा रेन्नेजका लागि अमिन गोउरीले शुरुवाती गोल गरेका थिए ।

यो बराबरीपछि पिएसजीको २३ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यस्तै रेन्नेजको भने २३ खेलमा ३५ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *