खेलकुद

पीएम कपमा कर्णाली प्रदेशको विजयी शुरुवात

काठमाडौँ । जारी पीएम कपमा कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ । आइतबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

गण्डकी प्रदेशले दिएको १२३ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ३३.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउदै १२२ रन बनाएको थियो । मौसम खराब भएका कारण यो खेल ४५-४५ ओभर खेलाइएको थियो ।

यो जितपछि कर्णालीले २ अंक हासिल गरेको छ । त्यस्तै गण्डकी प्रदेशले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब कर्णालीले मंगलबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले विहिबार सुदूरपश्चिम प्रदेशकै सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *