खेलकुद

एनएसएलमा इलामले ललितपुरलाई हरायाे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा स्पाेर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई हराएकाे छ ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा इलामले ललितपुरलाई १–० गाेलले हरायाे । ललितपुरका फाेडे कमाराले खेलकाे ५९ औँ मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे ।

याे जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *