लुम्बिनी प्रदेशमा विषयगत ६ वटा विषयगत समितिको सभापति चयनकालागि निर्वाचन हुने भएको छ। प्रदेश सभा सचिबालय सचिव दुर्लभकुमार पुनले सोमबार सूचना जारी गरी पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिए।
लुम्बिनीमा लामो समयदेखि विषयगत समितिले नेतृत्व पाउन सकेका थिएनन्। सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति,सामाजिक विकास समिति,कृषि बन तथा वातावरण समिति,भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको निर्वाचन हुन लागेको हो। जसका लागि १६ गते उम्मेदवारी दर्ता हुने सचिब पुनले बताए।
यी समितिका सदस्यहरुको भने ३० असारको प्रदेशसभा बैठकले टुंगो लगाएको थियो। जसमा अर्थ, उद्योग पर्यटन समिति सदस्यहरूमा तुलसीप्रसाद चौधरी, भगवतीकुमारी थरुनी, खेमबहादुर सारु, वसन्ती न्यौपाने, सायरा बनो, जन्मजय तिमिल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, कृष्णा केसी र हेमा बेल्बासे केसी छन्।
भौतिक पूर्वाधार तथा विकास समितिको सदस्यहरूमा चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसुधनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, वीरबहादुर राना, बादशाह कुर्मी, माया पुन, सरोज थापा, कृष्णा कुश्मा थारू, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, गीता गुरुङ र खड्ग बस्नेत छन्।




