खेलकुद

च्याम्पियन्स लिग : पराजित भएर पनि बार्सिलोना शीर्षस्थानमा

काठमाडौँ।च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोलले पराजित हुँदा पनि समूहमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको समूह ‘एच’को खेलमा रोयल एन्टरवेपसँग आर्सनल ३–२ गोलले पराजित भएको थियो ।

एन्टरवेपका लागि आर्थर भरमिरेन, भिनिसेन्ट जेनसन र जर्जले एक–एक गोल गरेका थिए । यस्तै, आर्सनलका फेरान टोरेस र मार्क गुयुले एक–एक गोल फर्काएका थिए ।

यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५–३ गोल अन्तरल पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन । बार्सिलोना र पोर्टो दुवैको समान १२ अंक भएको छ । यस समूहबाट बार्सिलोना र पोर्टो अन्तिम १६ मा प्रवेश गरेका छन् ।

यता, आफ्नो छैटौँ खेलमा आएर एन्टरवेपले पहिलो जित निकालेर ३ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *