काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले डोर्टमण्डसँग १-१ गोलको बराबरी खेल्दै समुह एफ को उपविजेता बन्दै राउण्ड १६ मा पुगेको हो ।
यस खेलमा पिएसजीका लागि वारेन जैरे एमरीले गोल गरेका थिए भने डोर्टमण्डका लागि करिम अडेयर्मीले गोल गरेका थिए ।
यो बराबरी पछि समुह एफ मा डोर्टमण्ड ६ खेलमा ११ अंकसहित समुह विजेता बनेको छ भने पिएसजी ६ खेलमा ८ अंकसहित उपविजेता बनेको छ ।
यस समुहमा एसी मिलानको पनि समान ८ अंक रहेपनि गोल अन्तरको आधारमा पिएसजी राउण्ड १६ मा पुगेको हो । एसी मिलान भने युरोपा लिगमा ट्रान्सफर भएको छ । त्यस्तै यस समुहबाट न्यूक्यासल भने बाहिरिएको छ ।




