काठमाडौँ । वेस्ट इण्डिजले टी- २० सिरिजको पहिलो खेलमा इङल्याण्डविरुद्ध विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टइण्डिजले इङल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
इङल्याण्डले दिएको १७२ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै इङल्याण्ड १९.३ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो ।
योसँगै ५ खेलको टी -२० सिरिजमा वेस्टइण्डिज १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल विहिबार हुदै छ ।




