देश

६ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडाैं । हालसम्म ६ हाइड्रोपावर कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । भगवती हाइड्रोपावर, चिलिमे हाइड्रोपावर कम्पनी, सेन्चुरी इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपर, माण्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव हो । लाभांश पारितका लागि कम्पनीले आगामी पुस २० गते साधारणसभा बोलाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश पाउछन् ।

भगवती हाइड्रोले १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २४ गतेका लागि साधारणसभा आह्वान गर्दै पुस ५ गते बुक क्लोजको मिति तय गरेको छ । सेन्चुरी इनर्जीले १० प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीले अझै साधारणसभा आह्वान गरेको छैन ।

नेपाल हाइड्रोले ७ प्रतिशत सेयर बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद घोषणा गरेको छ । माण्डु हाइड्रोले १० प्रतिशत नगद र सानिमा माईले १० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ०.५२ लाभांश घोषणा गरेका छन् । यी तीन कम्पनीको बुक क्लोज भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *