खेलकुद

क्यान्सेलो र फेलिक्सले बार्सिलोनालाई जिताए

काठमाडौँ । बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले पोर्टोलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह एच अन्तर्गतको खेलमा बार्सिलोनाले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै पोर्टोका लागि पेपेले गोल गरेका थिए ।

त्यसैगरी यसै समुहको अर्को खेलमा शख्तर डोनेटास्कले बेल्जियन क्लब आन्टवेर्पलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यो जितपछि समुह एचमा बार्सिलोनाको ५ खेलमा १२ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै पोर्टोको भने ५ खेलमा ९ अंक रहेको छ । त्यस्तै यस समुहमा शख्तर डोनेटास्कको पनि ५ खेलमा ९ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । त्यसै गरि आन्टवेर्पले भने आफ्ना सबै खेल हारेको छ ।

अब समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले अन्टवेर्पको सामना गर्ने छ भने अर्को खेलमा पोर्टो र शख्तर डोनेटास्कबिच भिड्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *