खेलकुद

एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम एस्टन भिल्लासँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टनभिल्लाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल जितेको थियो ।

एस्टन भिल्लाको जितमा पाउ टोरेज र ओली वाटकिन्सले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि गिओभानी लो चेल्सोले एक गोल गरेका थिए ।

यो जितपछि एस्टन भिल्ला प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । भिल्लाको १३ खेलमा २८ अंक रहेको छ ।

त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो तेस्रो हार हो । १३ खेलमा टोटनह्यामको २६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *