रोजगार

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा दरखास्त आह्वान

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।

लिमिटेडको स्वीकृत दरबन्दीमा रिक्त रहेका सातौँदेखि सहायक प्राविधिकसम्मका पदमा आवेदन माग गरिएको छ ।

तोकिएको योग्यता पुगेका नेपाली नागरिकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामा सहभागी हुन ३० दिनभित्र दिन आवेदन दिन सकिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *