खेलकुद

जितपछि शिर्ष स्थानमा उक्लियो इन्टर मिलान

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले फ्रोसिनोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले फ्रोसीनोनलाई २-० गोल अन्तरले पराजित गरको हो ।

इन्टर मिलानको जितमा फेडेरिको डिमार्को र हाकन कलहानोग्लूले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलान लिगको शिर्ष स्थानमा उक्लिएको छ । १२ खेलमा ३१ अंक हासिल गरेको इन्टर मिलान दोस्रो स्थानमा रहेको युभेन्टसभन्दा २ अंकले अगाडी भएको छ ।

त्यसैगरी फ्रोसीनोनको भने १२ खेलमामा १५ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *