काठमाडौँ । अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको छ । जारी आइसीसी क्रिकेट विश्वकपअन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउदै २७२ रन बनाएको हो ।
अफगानिस्तानका लागिकप्तान हशमतुल्लाह शाहिदीले सर्बाधिक ८० रन बनाए भने अजमातुल्लाह ओमारजाईले ६२ रन बनाएका थिए ।
शाहिदी र ओमारजाईबीच चौथो विकेटका लागि महत्वपूर्ण १२१ रनको साझेदारी भएको थियो ।
त्यसैगरी इब्राहिम जद्रानले २२, रह्मानुल्लाह गुरबाजले २१, मोहमद नावीले १९, रहमत शाह र राशिद खानले १६-१६ रन बनाएका थिए । त्यस्तै मुजीब उर रहमानले अविजित १० रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ४ विकेट लिए भने हार्दिक पाण्डेयले २, शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिएका थिए ।




