खेलकुद

भारत पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ हुने

काठमाडौँ । जारी एशिया कपको सुपर चार अन्तर्गत भारत र पाकिस्तानबीचको खेलमा एक दिन ‘रिजर्भ डे’ हुने भएको छ ।

आगामी आइतबार हुने भारत र पाकिस्तानबीचको सो खेल बर्षाले रोकिएमा अब सो खेल अर्को दिन खेलिने एशियन क्रिकेट काउन्सिल (एसीसी) जानकारी दिएको छ ।

यसअघि समुह चरणमा भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण पुरा हुन नसक्दा दुवैले अंक बाँडेका थिए । त्यस्तै भारत र नेपालबीचको खेल समेत बर्षाले प्रभावित हुदा भारतले २३ ओभरको ब्याटिंग गरेको थियो ।

जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ ।

कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने भारत र पाकिस्तानको खेलको दिन आइतबार बर्षा हुनसक्ने अनुमानका बीच एसीसीले यस्तो निर्णय लिएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *