कला/साहित्य

गायक सिताराम पोखरेल ‘भोकेसनल अवार्ड’ बाट सम्मानित

काठमाडौंँ । गायक सिताराम पोखरेल ‘भोकेसनल अवार्ड’ बाट सम्मानित भएका छन् । रोटरी क्लब अफ विराटनगरले आफ्नो ४७ औं वार्षिक अवसर पारेर आयोजना गरेको एक भव्य कार्यक्रममा पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।

गायनमा पोखरेलको तीन दशकभन्दा लामो समयदेखिको योगदानको कदर गर्दै अवार्ड क्लबका डिष्ट्रज गभर्नर राजेन्द्र प्रसाद धौजु र क्लबका अध्यक्ष कमल बस्नेतले प्रदान गरे ।

विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेलले केही अगाडि भारतमा ‘दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ पनि हात पारेका थिए ।

गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन् । तीमध्ये दर्जनौँ हिट छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *