शिक्षा / स्वास्थ्य

विद्यार्थीसँग कुनै शुल्क लिए कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं ।काठमाडौं महानगरबाट कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने स्पष्ट गरेको छ ।

कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका सन्दर्भमा महानगरको शिक्षा विभागले सुनुवाइ र सम्बोधन गरेको छ ।

विभागले भदौ १ गते पत्र पठाएर कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालनकलाई बोलाएर कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिए कारबाही गर्ने जनाउ दिइसकेको छ ।

यससँग सम्बन्धित गुनासो सम्बोधन भएको र अझै बाँकी रहेमा महानगरमा सम्पर्क गर्न आग्रह गरिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भई म्याचिङ प्रणालीबाट अन्तिम योग्यता क्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई यही भदौ ३ गतेसम्म सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पत्राचार गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *