खेलकुद

एएफसी कप: पहिलो हाफमा मच्छिन्द्र ३–१ गोलले अगाडी

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब र भुटानको पारो एफसीसँग अहिले प्रतिस्पर्धा भैरहेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भैरहेको खेलमा मच्छिन्द्र ३–१ गोलले अगाडी छ ।

मच्छिन्द्रका लागि विमल घर्तीमगर, आयुश घलान र ओलावाले अफिजले समान एक–एक गोल गरे । विमलले खेलको १५ औं मिनेटमा, आयुशले १२ औं मिनेट र ओलावालेले ३८ औ मिनेटमा गोल गरेका हुन् ।

पारो एफसीका लागि काजुओ होनमाले सुरुवाती गोल गरे । उनले ७ औं मिनेटमा गोल गरेका हुन् । एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्र पारो एफसीको सामना गरिरहेको छ ।

ए डिभिजन लिग चर्च ब्वाइजले जिते पनि उसँग एएफसी लाइसेन्स नभएकाले उपविजेता भएको मच्छिन्द्रले यो प्रतियोगितामा मौका पाएको हो ।

मंगलबारको खेल जित्ने टोलीले १६ अगस्टमा भारतको मोहन बगान सुपर जायन्टसँग दोस्रो चरणको खेल खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *