संसद

पारिश्रमिकबाट मासिक तीन हजार खेलाडीलाई दिने सांसद शाहीको घोषणा

काठमाडौं । ज्ञानबहादुर शाहीले आफ्नो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले भने, ‘आजको संसदबाट मैले घोषणा गरेको छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैया खेलाडीको नाममा जम्मा गरिदिने छु।’

शाहीले संघ र प्रदेशका सबै सांसदलाई खेलाडीलाई सहयोग गर्न अनुरोध गरे । ‘हामी ८८४ जना छौँ, यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसारभर चिनाउन सहयोग पुग्छ,’ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *