कला/साहित्य

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो सुदूरपश्चिम अधिवेशन पुस २२ र २३ गते

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने भएको छ । अधिवेशनको तयारीका लागि प्रतिष्ठानका अध्यक्ष पदम बहादुर धामीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । 

धामीको अध्यक्षतामा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उक्त समितिको सदस्य सचिवमा सूर्यबहादुर साउद र सदस्यहरूमा जीवन थापा, दीर्घराज फुलारा, युवराज जोशी, भीम विष्ट, लोकेन्द्रप्रसाद खनाल, नवीन साउद र पूर्ण भाट रहेका छन् । 

त्यस्तै युवराज जोशीको संयोजकत्वमा गठन गरिएको आर्थिक उपसमितिको सदस्यमा धनबहादुर विक, पीताम्बर ओली, लालबहादुर धामी र निर्मला बोगटी रहेका छन् । प्रचारप्रसार उपसमितिको संयोजक जिम्मा सूर्य बहादुर साउदलाई दिएको छ भने उक्त समितिको सदस्यमा झलक पाली, भोजराज भाट र प्रेम विवश चन्द रहेका छन् । 

त्यस्तै सांस्कृतिक उपसमितिमा भीम विष्ट, अतिथि सत्कारमा पदम बहादुर धामी, मञ्च व्यवस्थापन समितिमा जीवन थापा, प्रशासनिक उपसमितिमा लोक प्रसाद खनाल भोजन तथा आवासमा दीर्घराज फुलारा, स्वयंसेवकमा नवीन साउद र समन्वय तथा यातायात उपसमितिमा पूर्ण प्रसाद भाटलाई संयोजक जिम्मेवारी दिइएको छ । 

उक्त बैठकले प्रतिष्ठानका सल्लाहकार सुरत रावत डोटेली कान्छा संयोजक रहने गरी मूल्याङ्कन समिति पनि गठन गरेको छ । मूल्याङ्कन समितिको सदस्यमा पदमबहादुर धामी र हर्क घर्ती मगर सदस्य रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *