विश्व

विश्व इतिहासमा आजः विश्व मानवअधिकार दिवसदेखि पहिलो पटक नोबेल पुरस्कार वितरण

एजेन्सी । अन्य दिनमा जस्तै आज पनि विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अर्जेन्टिनामा महिला राष्ट्रपति
सन् २००७ को १० डिसेम्बरमा अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नेन्डाइज क्रिच्नर अर्जेन्टिनाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।

विश्व मानवअधिकार दिवस
सन् १९४८ मा राष्ट्रसंघले मानवअधिकारवारे विश्वव्यापी घोषणा अंगीकार गरेको थियो । घोषणामा मानिसहरुको आधारभूत अधिकारलाई विश्वव्यापी रुपमा संरक्षण गरिएको छ । घोषणा गरेको दिन १० डिसेम्बरलाई विश्व मानवअधिकार दिवस मनाइन्छ ।

पहिलो पटक नोबेल पुरस्कार वितरण
सन् १९०१ को १० डिसेम्बरमा पहिलो पटक नोबेल पुरस्कार वितरण गरिएको थियो । स्वीडेनका रसायनशास्त्री डा। अल्फ्रेड नोबेलको मृत्युको पाँच वर्षपछि पहिलो नोबेल पुरस्कार घोषणा गरिएको थियो ।

मिसीसिपी अमेरिकाको २०औं राज्य
सन् १८८७ मा मिसीसिपी अमेरिकाको २०औं राज्य बनेको थियो । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *