काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यावस्थापन बोर्डका (चिफ फाइनन्स अफिसर) तथा बरिष्ठ साहित्यकार रामचन्द्र ढकाल सामना म्युजिक क्रियसन प्रा.लि द्वारा आयोजित तेस्रो रास्ट्रिय साधना म्युजिकअवार्डबाट सम्मानीत भएका छन् । सामना म्युजिक क्रियसन प्रा.लिले रोयल दरबार रेस्ट्रो महाराजगंजमा बुधवार गरेको कार्यकमबाट ढकाल सम्मानीत भएका हुन् । उनी बरिष्ठ साहितयकारमात्र होइनन् बुद्धिजीवी, समाजसेवी तथा कुशल छवि भएका व्यक्ति हुन ।
साथै सामना म्युजिक क्रियसन प्रा.लिले तेस्रो रास्ट्रिय साधना म्युजिकअवार्डमा उपस्थित भएर मनोबल बढाउन सहयोग गर्ने प्रमुख अतिथि पुर्व सभामुख कृष्ण बा. महरा,बिशिस्ट अतिथि ,अतिथि ,सम्मानित ब्यक्तिव ,संचारकर्मी ,सहयोगी सस्था ,सहभागी कलाकार ,सर्जक लगायत सम्पुर्ण सहभागिप्रति आभार प्रकट गरेको छ ।
सम्मानीत भएसंगै साहित्यकार ढकालले नेपालीहरुको महानचाड नजिकै आइसकेकाले सिरानचोक गाउँपालिका वार्ड न. ३ मा असोज १८ गते महानमीका दिन संचालन हुने दशै विशेष कार्यक्रमलाई सभ्य ,भव्य बनाउनका लागि हर्मी युर्थ युनाइटेड हर्मी आयोजक टिमलाई पाँच हजारको चेक हस्तान्तरण गरेका छन् ।




