काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक सम्पतीलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छिन् ।
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन,‘परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक छ ।’
नेपाली समाजका युगौंदेखिका लोकसाहित्य एवं साहित्यिक कृतिलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाली सिर्जनाहरुले विश्वमा चिनाउनका लागि नेपाली साहित्यलाई अनुवाद गरेर चिनाउन सकिने उनले बताइन् ।




