खेलकुद

भोलिदेखि राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं । नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब तीन सय खेलाडी सहभागी हुने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा चार तथा महिलामा तीन गरी सात स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।

पुरस्कार राशी एक लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *