रामचन्द्र ढकाल
मलाई साडी किनीदिने मन् छ
तिमी धोती मात्र रोज्छ्यौ,
मलाई घडी लगाई दिने मन् छ
तिमी लोती मात्र गन्छ्यौ,
न भन न मायालु मलाई सधैं
बेर्थमा बजार मात्र घुमायो भनेर,
मलाई नाडी सदाई दिने मन् छ
तिमी मोती मात्र भन्छ्यौ ।
कुरा नमिलेको होईन प्रिया
सोचमा मात्र फरक परेको हो
मन नमिलेको होईन प्यारी
स्वभावमा भिन्नता भएको हो
कदम् मा कदम् मिलाउं हामी
सबै कुराहरू मिल्दै जान्छ
दिन नजुरेको होईन सानु
प्रकृती मात्र फरक परेको हो ।
तिमीले बोलाउंदा आएकै हो
ईच्छा नभए पनि गाएकै हो
मन् नपरे पनि तिमी साथ
बसेर मैले पनि खाए कै हो
तिमीले बाटोमा बुर्कुसी मारेर
दुखमा पार्दा पनि हासेकै हो
पिडा साथ भन्न मन लाग्यो प्रिया
तिमीमा संगतले फरक परेको हो ।




