सम-सामयिक

कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिसको तेस्रो जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले भलिबल एसोसियसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ ।

मंगलबार राति माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा पुलिसले क्लब हाफलाइन लिंकेजमाथि २५-८, २५-३, २५-५ को सोझो सेटमा जित निकाल्यो ।

टिमको जितमा महत्वपूर्ण भूमिका खेलेकी कामना खेलको ‘क्वीन अफ दी म्याच’ चुनिइन् । कामनाको टिम माल्दिभ्स पुलिसले अब शनिबार भलिबल युथ न्यु जेनेरेसनसँग खेल्ने तालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *