सम-सामयिक

डडेलधुरामा भागबण्डा नमिलेपछि दलहरु एक्ला-एक्लै लड्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा गठबन्धनबीच भागबन्डा नमिलेपछि ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने भएका छन् ।

जिल्लामा सात पालिका रहेका छन् । सात पालिकामा सिट बाँडफाँटमा सहमति हुन नसकेपछि गठबन्धनमा रहेका दलले एक्ला–एक्लै भिड्ने निष्कर्ष निकालेका हुन् ।

छलफलका क्रममा जिल्ला सभापति भीमबहादुर साउद नगरप्रमुख रहेको परशुराम नगरपालिकाको दाबीबाट नेकपा माओवादी केन्द्र पछि हट्न मानेन । साथै, माओवादीले तीन स्थानीय तह र नेकपा एकीकृत समाजवादीले २ ठाउँमा दाबी गरेका थिए ।

आपसमै भागबन्डा हुनसक्ने अवस्था नदेखिएपछि एक्लाएक्लै लडे निर्णयमा पुगेको साउदले बताए । केही दिनअघि देखि नै गठबन्धन नगर्ने लिखित सहमति गरी माथि पठाइसकेको अध्यक्ष साउदको भनाइ छ ।

उनले यस विषयमा गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारीसमेत गराइसकिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानसिंह मालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *