कर्णाली प्रदेश

प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले हिजो ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले ती विधेयक प्रमाणीकरण गरेका कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *