काठमाण्डाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन आयोगले निर्वाचनको मितिबारे निर्णय गर्न सरकारलाई दवाव दिइरहेको तर सरकारले अझै निर्वाचनको मिति घोषणा नगरेको बताएका छन । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवाव दिने वताएका छन ।
पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्डकाे संज्ञासमेत दिएका छन ।




