संकल्प बिशेष

गृहमन्त्री खाँण र विप्लवका प्रवक्ताविच मन्त्री क्वार्टरमा भेट

काठमाण्डाैं। गृहमन्त्री वालकृष्ण खाँणसंग नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता षडगवहादुर विश्वकर्मासंग भेट भएकाे छ।उनीहरूविच पुल्चाेकमा रहेकाे मन्त्रीनिवासमा भेट भएकाे हाे।

पुर्ववर्ती सरकार संग तिन वुदे सहमति गरेर भुमिगत राजनीति त्यागेकाे दावी गरेकाे चन्द नेतृत्वकाे नेकपाले शान्तिप्रक्रियाका बाँकी काम पुरा हाेस भनेर सरकारसंग भेट जारी राखेकाे छ। नेकपाले जेलमा रहेका विप्लवका कार्यकर्ता रिहाइ,झुठा मुद्धा फिर्ताकाे माग राख्ने गरेकाे छ।विप्लवसंग सहमति गरेकाे भनेर चर्चा कमाएका केपी अेालीले भने सहमति वाहेक विप्लवका जम्मा एक जना नेता धर्मेन्द्र वास्ताेलालाइ छाडने वाहेक दाेस्राे काम गरेन।

अहिले साेही सहमतिलाइ कार्यान्वयन गराउन विप्लव नेतृत्वकाे नेकपा ताकेता गरिरहेकाे छ।तर,सरकार जेलमा रहेका कार्यकर्ता छाडन विलम्व गरिरहेकाे छ।कतिपय सरकारी स्राेत र कानुनविदका कुरालाइ ध्यान दिने हाे भने जेलमा रहेका कार्यकर्ता सरकारले चाहेर पनि छुटाउन नसक्ने अवस्था वनेकाे छ।उनीहरूलाइ राजनीतिक वाहेकका संगीन मुद्धा दायर गरिएकाे छ-जाे विप्लवकाे लागि टाउकाे दुखाइकाे विषय वनेकाे छ।

सरकारसंग तिन वुदे सहमति गरेकाे विप्लव समुहले शान्तिप्रक्रियाका वाँकी काम पुरा हुनुपर्ने भनेकाे छ र सरकारले पनि विप्लव समुहले वाेकेकाे हतियारकाे विवरण मात्र हाेइन,यसकाे सुपुर्दगी हुनुपर्ने कुरालाइ जाेड दिएकाे छ।

शुक्रवार साँझकाे वैठक सकारात्मक भएकाे विप्लव पक्षले जानकारी दिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *