काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तीन दिनभित्र काठमाडौं सफा गर्ने दाबी गरेका छन् ।
मेयर शाक्यले सिसडोलको सडक हिलाम्मे भएका कारण समस्या आएको बताएका छन् । उनले सडक हिलाम्ये नभएको भए तीन दिनभित्र काठमाडौैंलाई सफा गर्ने दाबी गरेका छन् ।
सडक विभागले सडक नबनाइदिएको कारण फोहोर विसर्जन गर्न नपाएको उनको दाबी छ । सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई मेयर शाक्यलाई बोलाएर फोहर व्यवस्थापनमा लाग्न निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाले सडक विभागका महानिर्देशकलाई टेलिफोन गरेर तत्काल सडक मर्मत गर्न समेत निर्देशन दिएका थिए ।




