खेलकुद

कोपा अमेरिकामा ब्राजिलको लगातार दोस्रो जित, पेरु ४–० ले पराजित

एजेन्सी । कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको छ। ब्राजिलको यो लगातार दोस्रो जित हो ।

जितसँगै समूह ‘बी’मा रहेको ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । समूहको शीर्ष स्थानमा रहेको ब्राजिलले पहिलो खेलमा भेनेजुयलालाई हराएको थियो ।

ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लिसनले एकरएक गोल गरे । खेलको १२औँ मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ६८औँ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । नेयमारको यो ६८औँ गोल हो ।

८९औँ मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *