मुख्य समाचार

नरवणे नेपाली सेनाका १८औं मानार्थ महारथी

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिंदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्न लागेकी हुन ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि पाउने नरवणे भारतीय स्थल सेनाका १८औं सेनाध्यक्ष हुन । नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरेपछि जनरल नरवणलेले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन ।

त्यसलगत्तै उनलाई सैनिक मुख्यालयमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्नेछ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल आएका भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्ने कार्यसुची तय भएको छ ।

नेपाल भ्रमणका क्रममा उनले हिजो बसन्तपुर दरवार स्क्वायरको अवलोकन गर्नुका साथै आज विहान पशुपतिनाथ मन्दिरमा दर्शन समेत गरेका छन ।

प्रधानसेनापति थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल भ्रमणमा आएका नरवणे शुक्रबार स्वदेश फर्किदैंछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *