प्रविधि

पाटन क्षेत्रमा नेपाल टेलिकमको सेवा तीन दिन अवरुद्ध हुने

काठमाडौँ। नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा फाइबर तार जडान गर्न लागेकोले सेवा अवरुद्ध हुने जनाएको छ ।

दूरसञ्चार कार्यालय, पाटनले नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने भएको हो ।

सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन्।

असार ३२ गते बुधबार मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र सेवा प्रभावित हुनेछ ।

साउन १ गते बिहीबार च्यासल, चाकुपाट, ज्वागल, पुलचोक र २ गते शुक्रबार जाउलाखेल, एकान्तकुना खरीबोट, भनीमण्डल, सानेपा, धोबीघाट क्षेत्रमा सेवा प्रभावित हुने सूचनामा उल्लेख ।

टेलिकमले यदि निर्धारित समयभन्दा अघि वा पछि पनि सेवा सुचारु नभएमा ग्राहकहरूलाई नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रको नम्बर १९८ मा वा दूरसञ्चार कार्यालय पाटनको फोन नम्बर ०१-५४२३३६३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *