प्रविधि

नेपाल टेलिकमको ‘मनसुन अफर’, के के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूको डिजिटल आवश्यकता र सेवा प्रयोग अनुभवलाई केन्द्रमा राख्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ अफर अन्तर्गत विभिन्न भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू विशेष छुटका साथ भोलि असार २६ गतेदेखि उपलब्ध गराउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिको बढ्दो महत्त्वलाई दृष्टिगत गर्दै टेलिकमले ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख प्राथमिकता बनाउँदै आएको छ ।

“ग्राहक सेवामा समर्पित” भन्ने नारालाई आत्मसात गर्दै, कम्पनीले ग्राहकहरूबाट प्राप्त सुझाव, गुनासो तथा प्रयोगशैलीलाई ध्यानमा राखी समयअनुकूल प्याकेज तथा अफर ल्याउने परम्परा कायम राखेको छ ।

निम्न छन् अफर

–सस्तो दरमा भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू
-शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनस प्याकेजहरू
-‘सजिलो अनलिमिटेड ६९९’ र ‘सजिलो अनलिमिटेड ७९९’ प्याकेजमा ३०% छुट
-प्याकेजको खरिद र जानकारीका लागि ८१४१५३ डायल गर्न सकिने वा ‘नेपाल टेलिकम’ मोबाइल एप प्रयोग गर्न सकिने

नेपाल टेलिकमले आफ्ना सेवामार्फत डिजिटल पहुँच सबैका लागि सुलभ बनाउने लक्ष्य लिएको छ । यो नयाँ मनसुन अफर त्यसै लक्ष्यप्रति समर्पित पहल हो, जहाँ सुलभता, समावेशिता र सेवा अनुभवलाई प्राथमिकता दिइएको छ भने कम्पनीले यस्ता अफरहरू समयानुकूल रूपमा निरन्तर उपलब्ध गराइरहने र ग्राहकको आवश्यकता तथा सुझावअनुसार सुधार गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *