प्रविधि

इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुग्यो

काठमाडौं। नेपालमा इन्टरनेट ग्राहकको घनत्व बढेर १४४.२३ प्रतिशत पुगेको छ। आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुन महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो।

“सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ। तीन तहका सरकारमा ई–गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको छ। ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तार भएको छ,” मन्त्री पौडेलले भने, “डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *