प्रविधि

९ महिनापछि पृथ्वीमा उत्रिए सुनिता र विल्मोर

अमेरिकी अन्तरिक्ष यात्रीहरू: सुनीता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिन पछि पृथ्वीमा ल्यान्ड भएका छन्।

यिनीहरुसँगै क्रु-९ का अन्य दुई अन्तरिक्ष यात्रीहरू निक गेग र अलेक्सान्दर गोरबुनो पनि फर्किएका हुन्। उनीहरूको स्पेसक्राफ्ट नेपाली समय अनुसार १९ मार्चको ३:४२ मा फ्लोरिडाको तटमा ल्यान्ड भएको हो।

यी चारै अन्तरिक्ष यात्रीहरू मंगलबार (१८ मार्च)को इन्टरनेशनल स्पेश स्टेशन (आइएसए)बाट पृथ्वीका लागि प्रस्थान गरेका थिए। स्पेसक्राफ्ट धर्तीको वायुमन्डलमा प्रवेश गर्ने क्रममा यसको तापक्रम १६५० डिग्री सेल्सियसभन्दा बढी रहेको थियो। यो दौरान करिब ७ मिनेट कम्युनिकेशन ब्लयाकआउट भएको थियो।

स्पेस स्टेशनबाट पृथ्वी फर्किन १७ घण्टा
ड्रयागन क्याप्सुलबाट अलग भएर समुन्द्रमा ल्यान्ड हुने समयसम्ममा करिब १७ घण्टा लागेको थियो। १८ मार्चमा बिहान ८:५० बजे स्पेसक्राप्टले आफ्नो ढोका बन्द गरेको थियो। १०:३५ बजे आइएसएसबाट अलग भएको थियो।

१९ मार्चको राति २:५६ बजे डीआर्बिट बर्न सुरु भएको थियो। अर्थात कक्षबाट उल्टो दिशामा स्पेशक्राफ्टको इन्जिन फायर गरिएको थियो। जसका कारण स्पेसक्राफ्ट पृथ्वीको वातावरणमा एन्ट्री भएको थियो।

सुनिता विलियम्सन र बुच विल्मोर बोइङ तथा नासाको स्पेसक्राफ्टमार्फत ड दिनको मिशनका लागि प्रस्थान गरेका थिए। तर स्पेशक्राफ्टमा आएको गड्बडीका कारण उनीहरूले ९ महिना बढी समय स्पेशमा बिताउनु परेको थियो।

स्पेसएक्स ड्र्यागन क्याप्सुल फ्लोरिडाको तटमा समुद्रमा अवतरण गरेपछि, सुनी विलियम्स र बुट्च विलमोर खुसी हुँदै बाहिर निस्किए। उनीहरू हात हल्लाएर मुस्कुराएका थिए।

जब उनीहरूको क्याप्सुल समुद्रमा तैरिरहेको थियो, डल्फिनहरूको एक समूह त्यसलाई निरीक्षण गर्दै घेरिएको देखियो। उद्दार टोलीले क्याप्सुललाई डुंगामा तान्नुअघि डाल्फिनहरूको यो दृश्य निकै रोचक देखिन्थ्यो।

अन्तरिक्ष मिसनको अप्रत्याशित मोड
सुनिता र बुच जुन २०२४ मा पृथ्वीबाट प्रस्थान गरेका थिए। उनीहरूको उद्देश्य आठ-दिन लामो मिशनअन्तर्गत बोइङ स्टारलाइनर क्याप्सुल परीक्षण गर्ने थियो। तर, क्याप्सुलमा प्राविधिक समस्या देखापरेपछि, नासाले उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मै राख्ने निर्णय गर्यो।

स्टारलाइनरलाई बिना यात्री पृथ्वीमा फर्काइयो, र सुनीता र बुच प्रतिस्पर्धी कम्पनी स्पेसएक्सको क्याप्सुलमार्फत ९ महिना पछि घर फर्किए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *