
काठमाडौं । नेपाल टेलिकमको इ–सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । टेलिकमले आजबाट इ–सिम सेवा लिन सकिने जनाएको छ ।
टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् । उनका अनुसार अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् । यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
आजैबाट टेलिकमले भोवाईफाई सेवाको व्यावसायिक सुरुवात पनि गरेको छ ।