भिडियो शेयरिङ एप टिकटकले आउँदो आइतवारदेखि अमेरिकामा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । संघीय प्रतिबन्ध लागू हुने बेलामा टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको हो । अमेरिकामा टिकटक निकै लोकप्रिय छ ।
अहिले अमेरिकामा टिकटकका झन्डै १७ करोड जना प्रयोगकर्ता छन् । ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक बन्दको कार्यान्वयन स्थगित गर्न कार्यकारी आदेश जारी गर्ने विचार गरिरहेका बताइएको छ । टिकटकमाथि प्रयोगकर्ताको डाटाको दुरुपयोग र चिनियाँ सरकारसँगको सम्बन्ध रहेको आरोप लागेको छ ।
अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्काे चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । चीनको इन्स्टाग्राम भनिने यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन् । यसमा प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्छन् ।




