अन्तर्राष्ट्रिय सञ्चार माध्यम वार्यडले अब फेसबुकमा तेस्रो लिंगीलाई मानसिक (रोगी)लेख्न मिल्ने बताएको छ । सीएनएनले अब महिलाहरूलाई घरेलु वस्तुु भनेर लेख्न मिल्ने दाबी गरेको छ । सो विषयमा समेत महिलालाई पछि पार्न खोजिएको भन्दै वस्तुसँग तुलना गरेपछि महिलावादी धारणाहरुलाई बढाउन आवश्यक रहेको बताउँदै आएका छन् । सामाजिक संजालका आधारमा गुगलले मानिसका हरेक क्रियाकलाप हेरिरहेको छ । सोही आधारमा गुगलले संचारको विकासलाई पनि परिवर्तनशिल बनाएको छ।
काठमाडौं । अमेरिकी इन्टरनेट कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेड्सका तथ्यजाँचकर्ता (फ्याक्टचेकर)हरूलाई हटाउने घोषणा गरेसँगै फेसबुकमार्फत तथ्यहीन सामाग्रीहरु प्रकाशनको मात्रामा वृद्धि अनुमान गरिएको छ । फेसबुकमा निष्पक्ष तेस्रो पक्षका संस्थाहरूले विभिन्न टीकाटिप्पणीमाथि तथ्य जाँच गर्दै आएका छन् । विभिन्न देश र क्षेत्रका लागि भ्रामक सूचना जाँच्न मेटाले निष्पक्ष अन्तर्राष्ट्रिय तथ्य जाँच नेटवर्क (आईएफसीएन)सँग मेटाको सम्झौता छ ।
कम्पनीले युरोपेली तथ्य जाँच मानक नेटवर्क (ईएफसीएसएन)सँग पनि काम गर्ने गरेको बताएको छ । अब अमेरिकामा भने यी तेस्रो पक्षका संस्थाहरूलाई तथ्य जाँचबाट हटाउने मेटाले जनाएको छ । सो ठाउमा ठाउँमा कम्युनिटी नोट भन्ने अप्सन रहने मेटाले जनाएको छ ।
सामाजिक सञ्जाल एक्समा जस्तै कम्युनिटी नोटमार्फत भ्रामक सूचनामा अन्य प्रयोगकर्ताले लेख्ने वास्तविकता बुझ्न सहज हुने मेटाले जनाएको छ । मेटाले तथ्यजाँचकर्तालाई हटाउने नीति लिएपछि संसारमा दुई थरीको आवाज उठ्न थालेको छ । एक थरिले हटाउन नहुने र एक थरीले प्रकृतिको नीयम जस्तै स्वतन्त्रता बनाउन चाहान्छन् ।