प्रविधि

चीनले परीक्षणमा ल्यायो तीब्रगतिको रेल

चीनले तीब्रगतिको घरेलु ट्रेन(रेल)को परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको २०८१ पुस १४ गते आइतबार विहान बेइजिङमा प्रोटोटाइम गरेको हो ।

परीक्षण कालमा सञ्चालन गति, ऊर्जा खपत, आन्तरिक आवाज र ब्रेकिङ दूरी जस्ता विषयहरु हेर्ने गरिन्छ ।

परीक्षणमा ल्याइएको ट्रेनको गति ४५० प्रतिघन्टा रहेको सीसीटीभीप्लसले जनाएको छ । चीन हाल संचालनमा रहेका तीब्रगतिका ट्रेनभन्दा ३५० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने जनाइएको छ ।

चाइना रेलवेका अनुसार व्यवसायिक सञ्चालनमा आएपछि यात्रुहरूका लागि यात्रालाई थप सुविधाजनक र प्रभावकारी बनाउने जनाइएको छ । यसले समय र ठाउँको दूरीलाई कम गर्न सक्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *