प्रविधि

नेपाल टेलिकमद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रम सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गर्दै आएको छ । कम्पनीले विगतका आर्थिक वर्षहरु देखि नै सामाजिक
उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको छ ।

समग्रमा हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका मुख्य कार्यहरु :

हरियाली संरक्षण तथा वृक्षरोपणः नेपाल टेलिकमले काठमाडौँको माइतीघर देखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए ।

विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरणस् नेपाल टेलिकमले निरन्तर रुपमा नेपालभरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतकाविभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

साथै देशभरका २० जिल्लाका १र१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

वातावरण सरसफाईः धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ । वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोगः सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *