प्रविधि

सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने

काठमाडौं । सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक नचल्ने मेटाले जनाएको छ । १० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइडरआईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने फोनहरु :

सामसङ : ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि ।
मोटोरोला :माटो जी ९फस्ट जेन०, राजर एचडी र मोटो ई २०१४ ।
एचटीसी :वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।
एलजी :अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।
सोनी :एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम नचल्ने भनिएको छ । यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।
स्रोत :टाइम्स अफ इन्डिया

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *