काठमाडौं । नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले जानकारी दिए ।
मैना रोबर्टको डेमोमात्रै शुरू गरिएको गरिएको भन्दै उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने लक्ष्यअनुरूप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा थालिएको बताए । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको भन्दै पन्थीले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजबारे ग्राहकहरूले रोबर्टसँग जिज्ञासा राख्न सक्ने बताएका छन् ।
सुन्धारा कार्यालयले ग्राहकहरुलाई बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको छ । बाहिर फिल्डमा पनि ७ देखि ७ बजेसम्म नै काम हुने गरेको छ भने शनिबार पनि खुला हुन्छ । सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको टेलिकमले जनाएको छ ।




