
काठमाडौं । नेपालमा आजदेखि टिकटक माथिको प्रतिबन्ध हटेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।
प्राधिकरणले आजदेखि सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
प्रचण्ड सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, ओली नेतृत्वको सरकारले भदौ ६ गते मन्त्रिपरिषद् बैठकबाट टिकटक खुलाउने निर्णय गरेको थियो ।
