प्रविधि

इन्टरनेटको शुल्क अनिवार्य स्वीकृत गराउन सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क अनिवार्य स्वीकृत गराउन सेवाप्रदायकहरूलाई निर्देशन दिएको छ। प्राधिकरणको आर्थिक विश्लेषण शाखाले बिहीबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

कतिपय सेवाप्रदायकले सेवाको शुल्क स्वीकृत नगराई सामाजिक सञ्जाल, पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशन गरेरै लागू गरेको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवाप्रदायकहरूले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क/ महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको सर्तबमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेपश्चात्‌ मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ,’ सूचनामा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *