काठमाडौं । नेपाल टेलिकमले आ.व २०८०/८१ को वितीय विवरण सार्वजनिक गरेको छ । टेलिकमले बिहीबार एक विज्ञप्ती जारी गर्दै आ.व को वितीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार आ.व. को कुल आय रु ४१ अर्व ६१ करोड ७१ लाख १७ हजार रहेको छ ।
उक्त रकम गत आ.व. को कूल आय रु. ४४ अर्व ४२ करोड ३६ लाख १८ हजारको तुलनामा रु. २ अर्ब ८० करोड ६५ लाख (अर्थात् ६.३२ प्रतिशत) ले कमी भएको हो । टेलिकमको आ.व. को कुल सञ्चालन आय ३४ अर्व ४६ करोड ११ लाख ३५ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु ३६ अर्व २७ करोड १४ लाख ५० हजारको तुलनामा रु १ अर्ब ८१ करोड ३ लाख १५ हजारको (अर्थात् ४.९९ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै टेलिकमको आ.व. को खुद मुनाफा रु ६ अर्व ६१ करोड ७७ लाख ७६ हजार रहेको छ । उक्त रकम गत आ.व. को खुद मुनाफा रु. ७ अर्व ९२ करोड १ लाख ५५ हजारको तुलनामा रु.१ अर्ब ३० करोड २३ लाख ७८ हजार (अर्थात् १६.४४ प्रतिशत) ले कमी भएको छ ।
यस आ.व को टेलिकमको कर अघिको मुनाफा रु.११ अर्व ३७ करोड ९८ लाख ४ हजार रहेको छ । उक्त रकम गत आ.व. को कर अघिको मुनाफा रु. ११ अर्व ८४ करोड २५ लाख ६२ हजारको तुलनामा रु. ४६ करोड २७ लाख ५७ हजार (अर्थात् ३.९१ प्रतिशत) ले कमी भएको छ । कम्पनीको प्रति शेयर आम्दानी रु.३६.७७ रहेको छ
गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु
सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आ।व। को तुलनामा करिब रु। १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएको । साथै सेवाले कम्पनीको समग्र सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको
सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको ।
सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको ।
कम्पनीले अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब २९ करोड ७३ लाखले कमी भएको ।







