प्रविधि

फ्रान्सद्वारा साइबर जासुसीविरुद्ध कारबाहीको घोषणा

फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको बरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताउनुभएको छ ।

ओलम्पिकको पूर्वसन्ध्यामा सुरु गरेको अपरेसनले सबै खाले साइबर अपराधविरुद्ध लड्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

अभियानले जासुसी वा आक्रमणको उद्देश्यले कम्प्युटरहरू ह्याक गर्ने, तथ्याङक चोरी गर्ने नेटवर्कलाई लक्षित गरेको छ ।

जुलाई १८ बाट सुरु भएको अभियानले सर्भर नियन्त्रणमा लिई समस्या समाधान गर्न सफल भएको बताउनुभयो । उहाँले यस अघिनै अभियानमार्फत समस्याग्रस्त युरोपेली देशलाई सहयोग गरेको र अभियान लामो समयसम्म चल्ने विश्वास दिलाउनुभयो ।

उहाँले पेरिस ओलम्पिकका लागि खतराको उल्लेख नगरे तापनि गत हप्ता फ्रान्सेली सरकारको साइबर सुरक्षा निकायले शुक्रबारको खेलमा आक्रमण हुनसक्ने चेतावनी भने दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *