प्रविधि

आकस्मिक रुपमा इन्टरनेट सेवा बन्द हुन सक्ने सेवा प्रदायक संघको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले आकस्मिक रुपमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीबार आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

सरकारले करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथको पैसा पठाउन अवरोध गरेपछि इन्टरनेट इन्टरनेट सेवा जतिबेला पनि बन्द हुनसक्ने आइएसपानका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।

उनका अनुसार इन्टरनेट ब्याण्डविथको करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाइएको छैन् । भारतबाट पैसा पठाउन बारम्बार आग्रह गर्दै सेवा प्रदायक संघलाई पत्र आएपछि सरकारको अवरोधका कारण पैसा पठाउन नसकिएपछि इन्टरनेट बन्द हुने भएको हो । ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस सरकारले नदिँदा जतिबेला पनि इन्टरनेट बन्द सक्ने पराजुलीको भनाइ छ ।

आइस्पानका अध्यक्ष पराजुलीले ब्याण्डविथ खरिद गर्दा तिर्नुपर्ने पैसा पठाउन ताकेता पत्र आइसकेको सुनाउँदै भारतीय कम्पनीबाट खरिद गरेको पैसा पठाउन ताकेता पत्र २ दिन अगाडि आएपनि सरकारले सिफारिस नदिँदा पैसा बैंकमा अड्किएर बसेको गुनासो गरे ।आइस्पानका अध्यक्ष पराजुलीले इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *