प्रविधि

ताइवानले घोषणा गर्‍यो टिकटकलाई राष्ट्रिय सुरक्षा खतरा

काठमाडौँ।ताइवानले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’ लाई राष्ट्रिय सुरक्षा खतरा घोषणा गरेको छ ।

ताइवानको मिनिस्टर फर डिजिटल अफेयर्स औड्रे टाङले चिनियाँ कम्पनीअन्तर्गतको टिकटक राष्ट्रिय सुरक्षा खतरा भएको बताएका एएनआईले जनाएको छ ।

टाङले टिकटकको विदेशी विरोधीहरुसँगकै सम्बन्ध अमेरिकी परिप्रेक्ष्यमा पङ्क्तिबद्ध भएका कारण टिकटक ताइवानको राष्ट्रिय सुरक्षाको लागि सम्भावित जोखिम भएको दावी गरिन् ।

उनले टिकटक ताइवानका लागि खतरनाक उत्पादन भएको बताउँदै यसले राष्ट्रिय सूचना तथा संचार सुरक्षाका लागि चुनौतीपूर्ण रहेको जनाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *