काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर अाजदेखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ । नेपाल टेलिकमले आइतबार एक वि१प्ती जारी गर्दै यस्तो अफर दिएको जानकारी गराएको हो ।
टेलिकमले देशमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने छ । साविक बमोजमको Free Resource अर्थात १ जीबी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो Resource चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराउने जनाएकाे छ । एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको Yearly One Time प्याकेज र Combo Yearly One Time प्याकेजमा सहलियत प्रदान गरेकाे छ ।
टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सबै सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।





